भारतीय टेलिभिजन च्यानल ‘जी टिभी न्यूज’का प्रस्तोता रोहित रञ्जनला पक्राउ गर्ने क्रममा भारतका दुई प्रदेशका प्रहरीबीच तनाव सिर्जना भयो । तनावपछि उत्तर प्रदेश प्रहरीले रञ्जनलाई हिरासतमा राख्यो । रञ्जनलाई कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको एक भिडियोलाई गलत सन्दर्भमा प्रस्तुत गरेको आरोप छ । मंगलबार छत्तीसगढ प्रहरी रञ्जनलाई पक्राउ गर्न आएको थियो । तर केही समयपछि नै उत्तर प्रदेश राज्य अन्तरगतको गाजियाबाद प्रहरी आएपछि दुई प्रहरीका जवानबीच तनातानको स्थिति सिर्जना भयो । छत्तिसगढ