‘केन्द्र सरकार मन्त्री किनबेचमा लाग्यो, प्रदेश सरकार खारेज गर्नुपर्छ’ (अन्तर्वार्ता)

काठमाडौं : पछिल्लो समय नेपाली राजनीति उथलपुथल भइरहेको छ। बुधबार गण्डकी प्रदेशमा एक रोचक घटना घट्यो। एमालेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने बेलामा निर्णायक रहेको राष्ट्रिय जनमोर्चाको सांसद् खिम विक्रम शाही बेपत्ता भए। सांसद् बेपत्ता पारेको भन्दै खोज्न माग समेत भयो। साँझ कोरोना लागेको भन्दै अस्पतालको आइसियुमा बेडमा भेटिए। सरकारी प्रयोगशालामा गरेको परिक्षणमा नेगेटिभ रिपोर्ट आएको शाहीको निजी प्रयोगशालामा पोजेटिभ आएको देखिएको छ। निर्णायक मत नै