काठमाण्डाै - नेपाली कांग्रेसको पदाधिकारी बैठकमा महाधिवेशनको तयारीबारे छलफल भइरहेको छ। प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा बिहान राजनीतिक भेटघाटमा व्यस्त हुँदा ९ बजे बस्ने भनिएको बैठक झण्डै दुई घण्टा ढिलो गरी बसेको हो ।
बूढानीलकण्ठमा भइरहेको बैठकमा १४ औं महाधिवेशनको तयारी र वडा अधिवेशनबारे छलफल भइरहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाण्डौमा गर्ने कार्यतालिका छ । यस्तै, बैठकमा आज क्रियाशील सदस्यता छानबिन गर्न गठित समितिले प्रतिवेदन पन...