काठमाडौं- धेरै जसो रोगका लागि खानमा ध्यान दिन सके फाइदाजनक हुने एक अध्ययनले जनाएको छ । बदाम गम्भीर प्रकृतिका विभिन्न रोगहरुको जोखिम कम गर्न निकै फाइदाजनक हुन्छ ।
हरेक दिन एक मुठी बदाम खाएमा मुटु रोगदेखि क्यान्सरसम्मका रोगहरूको जोखिम कम गर्ने एक अध्ययनमा पाइएको छ ।
बिएमसी मेडिकल जर्नलमा प्रकाशित अध्ययनलेयस्तो जनाएको हो । लन्डनस्थित इम्पेरियल कलेजका अनुसन्धानकर्ता तथा नर्वे्जियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले संयुक्त रुपमा गरेको उक्त अध्ययनमा अनुसन्धानकर्ताहरुले पहिले प्रकाशित भएका विभिन्न २९ वटा अध्ययनको वि...