असार १ गते आएको बाढीपहिरोले सिन्धुपाल्चोकको मेलम्ची बजार नै डुबायो ।
हेलम्बु र पाँचपोखरी थाङ्पालमा पनि निकै ठूलो क्षति भयो । मेलम्ची र इन्द्रावतीमा मिसिएको बाढीले मानव बस्ती डुबायो । माथिल्लो भेग हेलम्बुदेखि ओइरिएको बाढीपहिरोका कारण अझै २० जना बेपत्ता छन् । चार जनाको मात्र मृत्यु पुष्टि भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले यस वर्ष पहाडी र हिमाली भेगमा बढी वर्षा हुने पूर्वानुमान गरेको छ तर असार १ गतेको आसपास मेलम्ची क्षेत्रको वर्षाको आकलन त्यसअनुसार भएको थिएन । त्यसबेला वर्षा पश्चिम नेपालमा केन्द्रित रहेको मौसम पूर्वानु...