कप्तानको खुट्टा भाँचिँदा थ्री स्टारको उपाधि खल्लो

राष्ट्रिय मिडफिल्डर एवं टिमका कप्तान विक्रम लामाको खुट्टा भाँचिएपछि थ्री स्टारको रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि खल्लो बनेको छ । २७औं मिनेटमा विक्रमको खुट्टा भाँचिएको विस्मादपूर्ण खेलमा थ्री स्टारले साबिक विजेता नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै २०औं संस्करणको उपाधि जितेको हो।