सरकारले सबै सरकारी निकायका वेबसाइटहरुबीच एकरुपता कायम गरी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली र वेब मनिटरिङ प्रणाली सञ्चालनमा ल्याएको छ । सूचना प्रविधि विभागद्वारा विकास गरिएका ती दुवै प्रणालीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच शुभारम्भ गरिन् ।