संसद विघटनले लोकतन्त्रलाई कमजोर बनाएको बुद्धिजीवीहरुको ठहर

काठमाडौं । विभिन्न बुद्धिजीवी सङ्गठनले मुलुकलाई संविधानवादको लोकतान्त्रिक दिशामा फर्काउन सबैमा आग्रह गरेको छ ।  नेपाल बुद्धिजीवी सङ्गठन, प्रजातान्त्रिक विचार समाज र नेपाल बौद्धिक पेशाकर्मी महासङ्घले आज संयुक्त विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गर्न र सहकार्य गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सम्पूर्ण बुद्धि...

सम्बन्धित सामग्री

‘बुद्धिजीवी’हरु भन्छन्- प्रतिनिधिसभा विघटनले लोकतन्त्रलाई कमजोर बनायो

सरकारले आउँदो वैशाखमाा मध्यावधि निर्वाचनको मिति तोकी प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्र कमजोर बनाएको ठहर गर्दै विभिन्न बुद्धिजीवी सङ्गठनले मुलुकलाई संविधानवादको लोकतान्त्रिक दिशामा फर्काउन सबैमा आग्रह गरेको छ ।

अखिल (छैठौं) को २२औँ राष्ट्रिय सम्मेलन जेठ २१ देखि कञ्चनपुरमा

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को २२ औँ राष्ट्रिय सम्मेलन कञ्चनपुरको महेन्द्रनगरमा हुने भएको छ । अखिल (छैठौं) को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी २०७८ जेठ २१,२२ र २३ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा २२औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको अध्यक्ष विमल पोखरेलले जानकारी दिनुभयो । अखिल (छैठौं) ले प्रतिनिधि सभा विघटनविरुद्ध देशब्यापी आन्दोलनको घोषणा पनि गरेको छ । त्यस क्रममा आउँदो माघ २ गते देशैभर मसाल जुलुश प्रदर्शन गरिनेछ । यस्तै, युनियनले संगठन निमाएणका लागि विभिन्न योजनाहरु समेत बनाएको छ । बैठकपछि अध्यक्ष पोखरेलद्वारा जारी विज्ञप्ति यस्तो छः ‘अखिल (छैठौं) केन्द्रीय समितिको सातौं पूर्ण बैठक २०७७ पुस २५ र २६ गते काठमाडौंमा सम्पन्न भएको छ । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि यो वक्तव्य जारी गरिएको छ । १. प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते गरेको प्रतिनिधिसभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक र देशलाई अस्थिरतातर्फ धकेल्ने कदम भएको ठहर गर्दै प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्ने निर्णय गरिएको छ । २. संसद विघटनको विरुद्ध २०७७ माघ २ गते देशभरका जिल्ला सदरमुकाम तथा स्थानीय तहमा मसाल जुलुस सम्पन्न गर्ने निर्णय गरिएको छ । मसाल जुलुसलाई सफल पार्न सम्पूर्ण विद्यार्थी तथा जनसमुदायलाई अपील गर्दछौं । ३. कक्षा १ र ११ को पाठ्यक्रमसम्बन्धी विवादका कारण लाखौं विद्यार्थीको पढाइ प्रभावित भएको छ । विद्यालयहरुमा नयाँ पाठ्यक्रमअनुसार पढाइ भइरहेको अवस्थामा पुरानो पाठ्यक्रमअनुसार पढाइ गर्न माग गर्दै शैक्षिकसत्रको मध्यतिर सर्वाेच्च अदालतमा मुद्दा हालिएको थियो । मुद्दाको कैयौंपटक लगातार पेशी सरेको छ । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नयाँ पाठ्यक्रमअनुसार पढाइ भइरहेको र कतिपय विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिइसकेको अवस्थामा सर्वाेच्चको अन्तरिम आदेशको कारण पढाइ रोकिंदा लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ । उक्त मुद्दाको छिटो टुङ्गो लगाउन अखिल (छैठौं)ले माग गर्दछ । ४. अखिल (छैठौं)को २२औं राष्ट्रिय सम्मेलन २०७८ जेठ २१, २२ र २३ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न गर्ने निर्णय गरिएको छ । सम्मेलन सफल पार्नको लागि विभिन्न समितिहरु गठन गरिएको ...