देश सङ्घीयतामा गएसँगै गाउँगाउँमा स्थानीय सरकार बनेका छन् । सर्वसाधारण नागरिकले अहिले सबै सेवा सुविधाहरू गाउँमै भएको स्थानीय सरकारमार्फत उपभोग गर्न पाइरहेका छन् । स्थानीय सरकारमार्फत गाउँमा हुने गरेका विकासका कामबाट सर्वसाधारण खुसी छन् ।
गलेश्वर- म्याग्दीको मालिका गाउँपालिका–२ रुमका टेकबहादुर विक ७९ वर्षका भए । उमेरले आठ दशक छुनै लागेपनि स्वच्छ खानपानले उनी अझै हट्टाकट्टा छन् । फरासिला विकले जीवनका अधिकांश समय ढुङ्गाखानीबाट घर छाउनी ढुङ्गा निकाल्दै, गाईभैँसी र भेडाबाख्राको गोठालो गरेरै बिताए । विकसँग जीवनका अनेकौँ भोगाइ छन् । उतिबेला उनले भोगेका कैयौँ अनुभव अहिले विक आफैँलाई नौला […]
भारतको मुम्बईको पाँचतारे होटलमा काम गर्ने बेनी नगरपालिका–२ बगरफाँटका गणेश घिमिरे गाउँ फर्किएर आफ्नै खेतीपातीमा व्यस्त हुनुहुन्छ । विगत २० वर्षदेखि काठमाडौँको गोङ्गबुमा होटल व्यवसाय सञ्चालन गरेर बस्नुभएका ज्यामरुककोटका दुर्गाबहादुर थापा कोरोनाको त्रासका कारण सपरिवार गाउँ फर्किएर वर्षौंदेखि बाँझिएको खेतबारीमा प्राङ्गारिक मल खरिद गरी धमाधम केरा लगाउन थाल्नुभएको छ । बेनी बजारको एउटा वित्तीय संस्थामा कार्यरत श्याम शर्माले गाउँको माटोमा पैसाको सुगन्ध भेटियो भन्दै तरकारी र पलफूल खेती विस्तार गर्ने ध्याउन्नमा आफूलाई केन्द्रित गर्नुभएको छ ।