हुम्लामा बाघको छाला र हड्डीसहित एकजना युवक पक्राउ परेका छन् । बाघको छाला र हड्डीसहित ताँजाकोट गाउँपालिका–४ उत्तिस्यानीका ३७ वर्षीय सुनिल सार्की पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार अस्थायी प्रहरी चौकी छप्रेलाको टोलीले सुनारलाई पक्राउ गरेको हो । सुनारको घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले छाला र हड्डी बरामद गरेको छ ।