सल्यान : सल्यानमा एक समूह युवकमाथि धारिलो हतियार प्रहार गरी फरार भएको छ।जिल्लाको शारदा नगरपालिका–२ खलंगास्थित मध्यपश्चिम होटलमा खाजा खाइरहेका शारदा नगरपालिका–२ जोगीदेउखोलाका १८ वर्षीय ओपेन्द्र केसीमाथि एक समूहले धारिलो हतियार प्रयोग गरी घाइते बनाएको हो।धारिलो हतियार प्रहार गर्ने सल्यान शारदा नगरपालिका–२ का १९ वर्षीय रूपेश बुढाथोकी, डाँडागाउँकै अन्दाजी १८ वर्षीय प्रशान्त (थर नखुलेको), शारदा नगरपालिका–१ पटनेरीका १८ वर्षीय विवश हमाल र सुर्खेत गुर्भाकोट नगरपालिका–९ का १