गौतमबुद्ध विमानस्थलमा जजिराले लियो उडान अनुमति, राष्ट्रिय ध्वजाबाहक नेवानि अन्योलमै

८ वैशाख, काठमाडौं । नेपालमा निर्माण सम्पन्न भएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेती वायुसेवा कम्पनी जजिरा एयरवेजले पहिलो उडान गर्ने भएको छ । २ जेठ (सोमबार)का दिन यो विमानस्थल उद्घाटन गर्ने योजना सरकारको छ । सोही दिनबाट कुवेती कम्पनी जजिराले नियमित उडान थाल्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । […]