शिक्षक सेवा आयोगले भदौको पहिलो साता अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उवप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफैं लागिपरेका छन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ। अस्थायी शिक्षकहरूसँग परीक्षा अनुत्तीर्ण भए पनि सुविधा दिने सम्झौता गरेका श्रेष्ठले दोस्रोपटक परीक्षा सार्न आयोगलाई दबाब दिएका हुन्। गत वर्ष संशोधन भएको शिक्षा ऐनमा सामुदायिक विद्यालयमा २०४९…