काठमाडौँ, ३० पुस: निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ। आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन, स्थानीय तहको निर्वाचन तयारी र मतदाता नामावली अद्यावधिकको विषयमा छलफल गर्न आज (शुक्रबार) संघीय संसद र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई बोलाएको हो। बैठकमा नेकपा एमालेबाट उपमहासचिव विष्णु रिमाल, नेपाली कांग्रेसबाट रमेश लेखक […]