रुपन्देहीको बेलहिया नाका हुँदै एकै दिन एक हजारभन्दा बढी पर्यटक नेपाल प्रवेश गरेका छन् । उक्त नाकाबाट सोमबार दक्षिण कोरिया, कम्बोडिया, मलेसियालगायतका मुलुकबाट त्यतिको सङ्ख्यामा लुम्बिनी आएका हुन् । रुपन्देहीको बेलहिया नाका स्थलमार्गबाट पर्यटक सबैभन्दा बढी भित्रिने नाकाको रूपमा परिचित छ ।