माओवादी र एकीकृत समाजवादीको दोहोरो चरित्र : बालुवाटारमा सहमति, सडकमा आन्दोलन !

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूबीच अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता आज संसद्मा टेबल गर्ने सहमति भएको छ । बालुवाटारमा बिहान बसेको बैठकमा यस्तो सहमति भएको हो । तर, सत्ता गठबन्धनकै नेता–कार्यकर्ताहरू भने सोही सम्झौताविरुद्ध सडकमा छन् । यसअघि, संसद्मा एमसीसी टेबल गरे सरकार छाड्ने चेतावनी दिएको माओवादी केन्द्रले पनि...