काठमाडौँ– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालयमा सोमबार सुरु भएको छ। एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा सुरु भएको सचिवालय बैठकमा स्थानीय तहको आसन्न निर्वाचनबारे छलफल हुने छ। त्यस्तै, संसद अवरोध, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग लगायत विषयमा पनि बैठकका क्रममा छलफल हुने छ।