यसरी मनाइयो बालाचतुर्दशी (फोटो फिचर)

पशुपति क्षेत्रलगायत देशभरका शिव मन्दिरमा शुक्रबार शतबीज छरी बालाचतुर्दशी पर्व मनाइयो। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् आजैका दिन पितृको मोेक्षको कामना गर्दै बालाचतुर्दशी पर्व मनाउने गरिन्छ। देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको बिहीबारदेखि नै पशुपतिमा भीड लागेको थियो।