रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा–१३ कोटिहवा रहेको टाइगर वन प्यालेस रिर्सोटमा श्रमिक र व्यवस्थापन पक्षबीचको विवाद चर्किंदै गएको छ । कोरोना भाइरसका कारण गरिएको पहिलो लकडाउनमा कार्यरत श्रमिकहरुलाई कोरोना बाधक देखाउँदै व्यवस्थापनले अनौपचारिक रुपमा निष्काशन गरेपछि विवाद बढ्दै गएको हो ।