३८ हजार घुससहित सई अख्तियारको नियन्त्रणमा

काठमाडौं : बाग्लुङमा घुस लिने एक प्रहरी नायब निरीक्षक (सई)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई आयोगको पोखराबाट खटिएको टोलीले मंगलबार साँझ ६ः २५ बजे नियन्त्रणमा लिएको हो।लेनदेनको केस मिलाइ दिने भन्दै सेवाग्राहीसँग रु. ३८ हजार घुस लिइसकेको अवस्थामा घुस रकमसहित महतोलाई बागलुङस्थित विपद् व्यवस्थापन गुल्म नजिकैबाट पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

सम्बन्धित सामग्री

३८ हजार घुससहित सई अख्तियारको नियन्त्रणमा

काठमाडौँ । प्रहरी नायव निरीक्षक(सई) रूपनारायण महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । बागलुङस्थित गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रनानी महतोलाई ३८ हजार घुस रकम सहित पक्राउ गरिएको आयोगले जनाएको छ । आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई बागलुङ नगरपालिका-२ स्थित विपद् व्यवस्थापन गुल्म, नजिकैबाट पक्राउ गरिएको हो । प्रनानी महतोले म्याग्दी […]

बाग्लुङमा कार्यरत प्रहरीका सई ३८ हजार घुससहित अख्तियारको नियन्त्रणमा

बाग्लुङ स्थित गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी नायव निरिक्षक (सई) रुपनारायण महतोलाई अख्तियारले पक्राउ गरेको छ । प्रनानी महतोलाई ३८ हजार घुस रकम सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले रातोपाटीलाई बताए । आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई बाग्लुङ नगरपालिका–२ बाट पक्राउ गरेको प्रवक्ता भण्डारीले बताए । प्रनानी महतोले म्याग्दी बस्ने धर्मकुमारी क्षेत्री र बाग्लुङमा मेकानिक्स काम गर्ने रमेश लिम्बुको लेनदेन मुद

घुस लिने ‘सई’ अख्तियारको नियन्त्रणमा

सेवाग्राहीबाट १५ हजार रुपियाँ घुस वापत लिइसकेको अवस्थामा दुबैजनालाई आयोगको बर्दिबासको टोलीले नियन्त्रणमा लिएको हो ।