असारमा रोजगार सम्मेलन गरिँदै

युवालाई सीप, श्रम तथा रोजगारीसँग जोड्ने उद्देश्यले राष्ट्रिय रोजगार सम्मेलन गरिने भएको छ । राष्ट्रिय युवा परिषद्को समन्वयमा युवालाई सीप र रोजगारसँग जोड्नका लागि सम्मेलन गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिए