नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता शेखर कोइराला पक्षको असन्तुष्टि सम्बोधन गर्ने आश्वासन दिएका छन् । शनिबार उपसभापति धनराज गुरुङलाई बालुवाटार गएर पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन सभापति देउवाको ध्यानाकषर्ण गराएका थिए । पार्टीभित्र देखिएको असन्तुष्टिबारे सभापतिसँग शनिबार साँझ आफूले कुराकानी गरेको गुरुङले रातोपाटीलाई बताए । उनले भने, ‘सभापतिज्यूले असोज १२ गतेसम्म फेरि बसेर कहाँ के गर्न सकिन्छ ? त्यो कुरा गरौंला भन्नुभएको छ । हामीले समस्याको समाधान खोज्ने हो । समस्या दे