जलविद्युत् लगायत पूर्वाधारमा लगानी गर्न बिमा कम्पनीलाई निर्देशन

जलविद्युत् लगायत पूर्वाधार क्षेत्रमा लगानी गर्न नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । सोमबार आर्थिक पत्रकारहरुसँगको छलफल कार्यक्रममा अध्यक्ष सिलवालले नीतिमार्फत् बिमा कम्पनीहरुले लगानी गर्न सक्ने क्षेत्र फराकिलो भएकाले अब जलविद्युत् लगायत पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न उनले निर्देशन दिए ।