मुख्यमन्त्री रोजगार कार्यक्रमले दिएको रोजगारी निकै प्रशंसा गर्न लायक : प्रदेश प्रमुख कलौनी

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम सहयोगी सावित भएको बताएका छन् । कर्णाली प्रदेश सरकारको तेस्रो स्थापना दिवस समारोहमा सोमवार शुभकामना मन्तव्य दिँदै प्रदेश प्रमुख कलौनीले कोरोना महामारीमा नागरिकको जनस्वास्थ्य सुरक्षामा प्रदेश सरकारले पुर्‍याएको योगदान र मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थुपै्रलाई दिएको रोजगारी निकै प्रशंसा गर्न लायक काम भएको बताए । ‘कर्णाली सरकारले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोचअनुसार दीर्घकालीन महत्त्व राख्ने क...