म्याग्दी :तीजको बेलामा सबै जान्छन् मेलामा,म छोरीको आँशु खस्यो दैला ठेलामा।तीजको लहर आयो बरिलै।केही वर्षअघिसम्म हरितालिका तीजमा गाउँ, शहर, गल्ली चोक, घरघरमा यस्तै गीत गुञ्जिन्थे। तीजका यस्ता गीतमार्फत महिला सासुससुरा र श्रीमानको खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गर्थे।अब त्यो समय रहेन। नेपाली नारीको महान चाड तीजको मौलिकपन दिनप्रतिदिन खस्किएको छ। पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो बढेको छ।म्याग्दीको बेनी न