पश्चिमी वायुको प्रभावले देशभर वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी वायुका कारण आज देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बुधवार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा मौसम बदली रहेको छ। अन्य प्रदेशमा मौसम सामान्यतयस सफा रहेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागती र प्रदेश १ का केही