सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको पर्सा गाउँपालिका–३, नारायणपुर नाकामा शुक्रबार सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।शुक्रबार बिहान भारतीयहरू नारायणपुर नाका हुँदै जबरजस्ती नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोक्न खोज्यो । त्यसक्रममा भारतीयहरू सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको हतियार नै खोसेर नेपालतर्फ आउन खोजेपछि झडप भएको हो । झडपमा सशस्त्र प्रहरीले चलाएको गोली लागी भारतको प्रिपा प्रसाइन जानकीनगरका २७ वर्षीय विकेश कुमारको मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले गोरखापत्रलाई जानकारी दिनुभयो ।