पाकिस्तानी प्रेमीको गाउँ पुगिन् भारतीय युवती, बिहे छिनेर स्वदेश फर्किने योजना - BBC News नेपाली

‍पाकिस्तानीबाट सीमा हैदर नाम गरेकी चार सन्तानकी आमा आफ्ना प्रेमीसँग बस्न अवैध रूपमा भारत छिरेको विषय सेलाउन नपाई एक भारतीय युवती आफ्ना प्रेमीसँग बिहेको कुरा छिन्न पाकिस्तान गएको समाचार आएको छ।

सम्बन्धित सामग्री

जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै

म्याग्दी । नुवाकोटमा बुधवार दुर्घटना भएको एयर डाइनेस्टीको ९ एन-एजेडी हेलिकप्टरका पाइलट अरुण मल्लको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ भगवती हो । पछिल्लो पटक गत चैतमा भगवती आएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने योजना सुनाएका थिए । ‘रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न थाल्नुभएको थियो’, अरुणका भतिज रिम […]

दुई करोड लगानीमा युवाको सामूहिक बाख्रापालन

म्याग्दीका पाँच जना युवाले दुई करोड रुपियाँ लगानी गरेर सामूहिक रुपमा बाख्रापालन व्यवसाय थालेका छन् । वर्षौंदेखि विदेशमा बसेका युवा गाउँ फर्किएर बोयर जातको बाख्रापालनमा सामूहिक रुपमा लगानी गरेका हुन । विदेशमा वसेका युवाहरु गाउँफर्किएर व्यवसायिक रुपमा बाख्रापाल्न थालेपछि गाउँलेहरु पनि उत्साहित भएका छन् । गाउँबाट विदेश जाने युवाको लर्को नै चलेको बेला यी युवा भने गाउँ फर्किएर बाख्रापालन व्यवसाय थालेका हुन् । परिश्रम गर्न सके गाउँमा पनि पैसा कमाउन सकिन्छ भन्ने उदाहरण युवाले देखाएका छन् । रोजगारीको क्रममा साउदी, कतार र कोरिया गरेर २३ वर्ष विताउनुभएका बेनी नगरपालिका ४ डाँडाखेतका महेन्द्र बानियाँको नेतृत्वमा पाँचजना युवाले सामूहिक लगानीमा डाँडाखेतमा बाख्रापालन थालेका हुन् । खोर निर्माण,जग्गा व्यवस्थापन र बाख्रा खरिदमा दुई करोड रुपियाँ भन्दा बढी लगानी गरिसकेका छन् । युवाहरुले एकवर्ष अघि एकता एग्रो बोयर बाख्रा फार्म स्थापना गरेका हुन । बाख्रापाल्नका लागि पाँचरोपनी जग्गामा व्यवस्थित र आधुनिक खोर बनाएका छन् । युवाले निर्माण गरेको खोर जिल्लामै नमुना भएको भेटेरीनरी तथा पशुसेवा विज्ञ केन्द्रका पशु प्राविधिक सुवाष रेग्मीले बताउनुभयो । महेन्द्र र ध्रुव कँुबरले फार्ममा काम गर्नुहुन्छ भने अरु लगानीकर्ताहरु रामजी कुँबर, रेशम कुँबर र देव जिसी विदेशमा हुनुहुन्छ । विदेशमा रहनुभएकाहरुको परिवारले बाख्रापालनमा सहयोग गर्नुभएको छ । बाख्रापालन व्यवसाय सफल हुन थालेपछि विदेशमा रहेकाहरु पनि फर्किने सोच बनाएको महेन्द्रले बताउनुभयो । साथीहरुलाई पनि बोलाउँदै छौं महेन्द्रले भन्नुभयो ‘‘पाँचै जना मिलेर भविष्यमा फार्मलाई विस्तार गर्ने सोच छ ।’’ बाख्र्राका साथै भैसीपालन र कुखुरा पनि थप्ने योजना बनाएको उहाँले बताउनुभयो । ‘‘विदेशमा हुँदा नै साथीहरु वीचमा छलफल गरेर बाख्रापालन गर्ने योजना बनाएका थियौं,’’ महेन्द्र बानियाँले भन्नुभयो ‘‘सामूहिक रुपमा लगानी गरी नमुना फार्मका रुपमा सञ्चालन गर्ने योजना बनाएका हौं ।’’ योजना अनुसार हामी दुई जना स्वदेश फर्किएर काम थालेका हौं बानियाँले भन्नुभयो । फार्ममा यतिखेर माउ,पाठापाठी र बोका गरेर एकसय ४२ वटा छन् । बोका र बाख्रा गरेर ३५ वटा विक्री गरिसकेको उहाँले बताउनुभयो । फार्ममा बाख्राको संख्या बढान लागेकाले अहिले थोरै मात्र विक्री गरेको बानियाँले बताउनुभयो । युवाले बाख्रापालनका लागि एकसय रोपनी जमिन व्यवस्थापन गरेका छन् । धेरै वर्ष विदेशमा बसियो अव स्वदेशमै केही गरेर देखाउनुपर्दछ भन्ने सोचका साथ गाउँफर्किएको महेन्द्रले बताउनुभयो । ‘‘हामीले युवा पुस्तालाई केही नयाँ दिनुपर्दछ,’’ महेन्द्रले भन्नुभयो ‘‘युवा विदेशीने क्रम तिव्र छ । स्वदेशमै परिश्रम गर्ने हो भने कृषिमा पनि ठूलो अवसर छ भन्ने सन्देश दिन खोजेका छौं ।’’ परिश्रम गर्न सकेमा पशुपालनमा राम्रो संभावना रहेछ भन्ने एकवर्षको अनुभवले देखाएको उहाँले बताउनुभयो । वर्षौंदेखि विदेशमा बसेका युवा गाउँ फर्किएर बाख्रापालन गर्दा गाउँलेहरु पनि दङ्ग परेका छन् । सुरुमा चितवनको जगतपुरबाट १६ वटा बाख्रा खरिद गरी सुरु गरेको फर्ममा अहिले ५० प्रतिशत शुद्ध बोयर तथा ५० प्रतिशत लोकल खरी, जमुनापारी जातका बाख्राहरु रहेको ध्रुब कुँबरले बताउनुभयो । फार्ममा दुइवटा बोयरको विउ बोका छन् । विदेशमा १३ वर्ष अरुकोमा काम गरियो कुँबरले भन्नुभयो, ‘‘अहिले आफ्नै फार्ममा काम गर्न पाउँदा खुसीको सिमा छैन ।’’ आँफैले लगानी गरेको फार्ममा काम गर्न पाउँदा गर्ब महशुष भएको कुँबरले बताउनुभयो । अन्य तिनजना साथीहरुलाई पनि ढाक्दै छौं, कुँबरले भन्नुभयो, ‘‘साथीहरु आएपछि बाख्राका साथै भैंसीपालन र कुखुरा पनि थप्ने योजना बनाएको छौं ।’’ उनीहरुले बाख्रालाई आवश्यक पर्ने पाखोबारीमा घाँस पनि लगाएका छन् । बाख्रालाई घाँस खुवाउन वर्षेघाँस अन्तर्गत सुडान, मकै, बोडी, स्याल्टुङ, बहुवर्षे घाँसतर्फ सुपर नेपियर, चुम्बा सेतोरिया, मलासो रोपेका छन् । यसैगरी डाले घाँसतर्फ कोइरालो, ईपिल–ईपिल, रायखन्यु, कुटमिरो, फोस्रो, अम्लिसो, खनिउ, बकाइनो, टमिलो, निमारो, टाँकीलगायत स्थानीय जातका घाँस खेती गरिएको बानियाँले जानकारी दिनुभयो । उत्पादन गर्नसके बाख्रा, पाठापाठी तथा खसी–बोका बिक्री वितरणका लागि बजारको समस्या नभएको कुँबरले बताउनुभयो । आगामी दिनमा क्षमता बढाएर पाँच सयवटा बाख्रा पु¥याउने योजना रहेको कुँबरले बताउनुभयो । अहिले फर्ममा बाख्रालाई घाँसपात काट्ने, दानापानी खुवाउने र सरसफाइलगायत काम गर्नका लागि दुईजनालाई रोजगारी समेत दिएका छन् । परिश्रम गर्न सके कृषि र पशुपालनमा संभावना राम्रो भएको उदाहरण युवाले देखाएका छन् ।