नागरिकतासम्बन्धी अध्यादेशप्रति एनआरएनएको गम्भीर ध्यानाकर्षण

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। “विगत लामो समयदेखि नै गैरआवासीय नेपाली संघले माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताका विषयमा अध्यादेश मौन देखिन्छ”, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ। गैरआवासीय नेपालीहरुको माग सम्बोधनका गर्न संघले नेपाल सरकारलाई अनुरोध समेत गरेको छ।