नगरपालिकामा बेथिति बढेको भन्दै बौधीमाईबासी आन्दोलनमा उत्रिए

काठमाडाैं : रौतहटको बौधीमाई नगरपालिकामा बेथिति र अराजकता बढेको भन्दै स्थानीय आन्दोलित भएका छन्। नगरपालिकाका मेयरले मनोमानी ढंगले अवैधानिक रुपमा गतिविधि गरेपछि स्थानीयले आन्दोलन चर्काएका हुन्।नगरपालिकाका प्रमुख राजिवरञ्जन यादवले आर्थिक वर्षको अन्त्यतिर आइसक्दासमेत अहिलेसम्म सामाजिक सुरक्षा भत्ता वितरण नगरेको, अवैधानिक रुपमा प्रक्रिया नै नपुर्‍याई स्वास्थ्यलगायत क्षेत्रमा कर्मचारी भर्ना गरेको तथा अनुपयुक्त स्थानमा १५ शैयाको अस्पताल निर्माण गर्न खोजेको प्रदर्शनकारीको आरोप छ।बिहीबार&nb