इलाम–२ मा वैशाख १५ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाएका दलहरू चुनावी प्रचार र घरदैलोमा पुग्न थालेका छन् । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पहिचान पक्षधरका उम्मेदवारले चुनावी प्रचार सुरु गरेका छन् भने संसद्को सबैभन्दा ठूलो दल कांग्रेस र सत्तारूढ माओवादी केन्द्रले हालसम्म उम्मेदवारको नाम टुंग्याउन सकेका छैनन् ।