विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले मोरङको पथरीशनिश्चरे–८ सोमवारेका बृद्ध कालिचरण चौधरीको मुटुको उपचार निःशुल्क गराइदिएका छन्। विपन्न परिवारका ७२ वर्षीय चौधरीलाई नोबेल अस्पतालमा निःशुल्क उपचार गरिएको हो।स्वास्थ्यमा समस्या बढेपछि चौधरी परिवारले कालिचरणलाई नोबेल अस्पताल ल्याएका थिए। नोबेलमा परीक्षण गर्दा उनको मुटुमा ‘पेसमेकर’ राख्नुपर्ने देखियो। डाक्टरले पेसमेकर राख्नका लागि तयारी गर्न सुझाव दिए। तर, दयनीय आर्थिक अवस्थाका चौधरी परिवारसँग