इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनाव लड्न प्रतिबन्ध

पाकिस्तानको निर्वाचन आयोगले तोशा खाना मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खानलाई आगामी ५ वर्षका लागि चुनाव लड्न अयोग्य ठहर गरेको छ । निर्वाचन आयोगले इमरान खानले सत्तामा रहँदा आफूले पाएका उपहारबारे अधिकारीहरूलाई भ्रमित गरेको बताएको छ।इमरान खानका वकिल गौहर खानले भने, 'पाकिस्तानको निर्वाचन आयोगले इमरान खानलाई दुर्व्यवहारमा संलग्न भएको आरोप लगाएको छ। हामी यो निर्णयलाई इस्लामावाद उच्च अदालतमा चुनौती दिने छौं।'यसअघि निर्वाचन आयोगले तोषाखाना मुद्दामा भदौ १९ गते आफ्नो निर्णय सुरक्षित राखेको थियो