भ्यालेन्टाइन्स डेको अवसरमा बिजबजारको आकर्षक अफर

काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले भ्यालेन्टाइन्स डेको अवसरमा ७ फेबु्रअरीदेखि एक हप्ता (भ्यालेन्टाइन्स डे १४ फेब्रुअरी)सम्म ‘बी आवर भ्यालेन्टाइन’ नामक ‘भ्यालेन्टाइन्स वीक क्याम्पेन’ सञ्चालन गरिरहेको छ । कम्पनीले बिहीवार विज्ञप्तिमार्फत उक्त अफरको जानकारी दिएको हो । सेवाग्राहीले विभिन्न सामान खरीद गर्दा यस क्याम्पेनअन्तर्गतको ‘गिफ्ट फर हिम’ योजनामा ५५ प्रतिशतसम्म, ‘गिफ्ट फर हर’ योजनामा ५५ प्रतिशतसम्म छूटसहित अन्य आकर्षक अफर प्राप्त गर्न सक्नेछन् । साथै कम्पनीले रू. २ हजारमाथिको खरीदमा रू. दुई सय बराबरको भौचर पनि प्रदान गर्नेछ, जुन भौचर ग्राहकले ‘मायालु’ कोड प्रयोग गरी २८ फेबु्रअरीभित्र प्रयोग गर्न सक्नेछन् । बिजबजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट सो क्याम्पेन अवधिमा विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने बताएको छ, जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् । यो अफरका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा शर्तहरू लागू हुनेछ ।