जनकपुरधाम : प्रदेश २ प्रमुख डा. राजेश झा अहिराजले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् भने दुई विधेयक फिर्ता पठाएका छन्।प्रदेश प्रमुख झाले प्रदेश सभाबाट पारित भई आएका २ वटा विधेयक ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण गरेका हुन्। त्यसैगरी उनले स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाएका छन्।प्रदेश प्रमुख झाले यसपछि पनि उक्त