लुम्बिनी प्रदेशमा मानवीय विकासमा थप लगानी गर्नुपर्नेछ : मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले लुम्बिनी प्रदेश मानवीय विकासमा पछाडि रहेकाले थप स्रोत र साधनसहित लगानी गर्नुपर्ने बताएका छन् । प्रजनन स्वास्थ्य, लैंगिक हिंसा, सामाजिक हिंसालगायतमा प्रदेश पछाडि रहेकाले त्यसलाई सुधार्न थप मेहनत गर्नुपर्ने उनले जनाए ।