मुस्ताङको स्याउलाई 'कोल्डस्टोर', अब बेमाैसममा पनि खान पाइने

मुस्ताङ – रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि कोल्डस्टोरको व्यवस्था भएपछि नेपाली उपभोक्ताले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका छन् । मुस्ताङका स्याउ उत्पादक किसानले आर्थिक वर्ष २०७७/७८ मा एप्पल जोन को ५० प्रतिशत अनुदानमा कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्न थालेपछि बेमौसममा पनि स्याउ खान पाइने भएको हो । मुस्ताङ घरपजोङ गाउँपालिका ५ का कर्म गुरुङले १६ लाख रुपैयाँको कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्दै आउनुभए...