सशस्त्र द्वन्द्वमा ठूलो मानवीय क्षति बेहोरेको छत्रेश्वरी गाउँपालिका–४ गुराँसेलाई सरकारले १३ वर्षअघि नमुना युद्ध पर्यटकीय गाउँ घोषणा गर्यो । सुरुका केही वर्ष विभिन्न पूर्वाधार निर्माण र आयआर्जनका कार्यक्रम सञ्चालन भए । अहिले उक्त कार्यक्रम ओझेलमा परेको छ ।