काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्काकाे चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठ्नुपर्ने बताउनुभएकाे छ । परराष्ट्र मन्त्री चीन भ्रमणमा जान लागेको बारेमा यो महत्वपूर्ण भ्रमण रहेको उहाँले बताउनुभयो ।
मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेको बारे जानकारी गराउन बालुवाटार पुग्नुभएका उहाँले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो बताउनुभएको हो । परराष्ट्रमन्त्री नारायण खड्क...