अमेरिकाका संसद भवनमा भएको हिंसापछि राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभांका ट्रम्प हमला गर्नेहरुलाई देशभक्त भनेपछि निशानामा परेकी छिन् । उनको एउटा ट्वीट यति आलोचित भयो कि उनले त्यो डिलिट नै गर्नुपर्यो र यसका लागि स्पष्टिकरण पनि दिनुपर्यो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थकले बुधबार संसद भवनमा प्रवेश गरेर हिंसा सुरु गरिदिए । त्यतिबेला अमेरिकी संसदमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको थियो । त्यसपछि इभांकाले ट्वीट गरेकी थिइन्, ‘अमेरिकी देशभक्त, सुरक्षाको कुनै पनि प्रका