सुकुम्बासीहरूलाई जग्गाका लागि नाम दर्ता गर्न सरकारको आग्रह

काठमाडौं : सरकारले भूमिहीन दलित,भूमिहीन सकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउनको लागि ३५ दिनभित्रमा नाम दर्ता गर्न आग्रह गरेको छ।शुक्रबार भूमिसम्बन्धी समस्या समाधान आयोगले एक सूचना जारी गरी नाम दर्ता गराउन आग्रह गरेको हो। आयोगका अनुसार स्थानीय तह मार्फत घरदैलोमा लगत संकलन व्यक्ति खटिनेछन्।त्यसबेला सम्बन्धित वडा कार्यालयमा फाराममा उल्लेखित विवरणलाई पुस्ट्याई गर्ने प्रमाणपत्र कागजात पेश गरी नाम भर्न सकिनेछ।