६६ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार दोलखाको कालिञ्चोक घर घई हाल काठमाडौंको थानकोट बस्दै आएका ३४ वर्षीय अमर बहादुर तामाङलाई पक्राउ परेका हुन् ।सविनमाया तामाङको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी दोलखाको कालिञ्चोक गाउँपालिका घर भई हाल काठमाडौंको थानकोट बस्ने ३४ वर्षीय अमर बहादुर तामाङलाई बैंकिङ कसुर सम्बन्धी मुद्धामा ६२ लाख ३३ हजार रुपैयाँ बिगो कायम गरिएको उक्त कार्यालयले जानकारी दिएको छ