सिद्धबाबा सुरुङ मार्ग निर्माणमा ढिलाइ

सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ मार्ग निर्माणको काममा ढिलाइ भएको छ। गत २०७९ साल असोज महिनादेखि नै प्रारम्भिक चरणको काम सुरु भए पनि सुरुङ मार्गको डिजाइन स्वीकृति नहुँदा निर्माणले गति लिन नसकेको हो। सुरुङ मार्गको मुख्य डिजाइन स्वीकृतिमा भएको ढिलाइले कामले गति लिन नसकेको आयोजना पक्षले जनाएको छ। निर्माण पक्षले सुरुङ मार्गको डिजाइन तयार गरेर स्वीकृतिका लागि नेपाल सरकारलाई पठाइसकेको छ। यद्यपि अहिलेसम्म डिजाइन स्वीकृति हुन नसकेको सिद्धार्थ सुरुङ मार्ग आयोजनाका प्रमुख रामपुकार जैसवालले बताउनुभयो।