काठमाडौँ: प्रतिनिधिसभा विघटनको प्रतिरक्षामा बुधबार प्रधानमन्त्रीका १५ निजी कानुन व्यवसायीले बहस गरेका छन्। १० जनाभन्दा बढीले नाम टिपाउँदै बहस नोट बुझाएका छन्। निजी वकिलको बहस भोलि सकिँदैछ। मंगलबारको तुलनामा प्रधानमन्त्रीका वरिष्ठ अधिवक्ताको बहस सुन्न लायक थियो। वरिष्ठ अधिवक्ताहरु बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, माधव बास्कोटा, रमेशप्रसाद गुरागाईं र अधिवक्ता माधव बस्नेतका…