मंसिर ११, काठमाडौं । नेशनल मर्चेण्ट बैंकर लिमिटेडको विशेष साधारण सभा मंसिर २७ गते हुने भएको छ ।
सभा कम्पनीको सभाहल डिल्लीबजार, काठमाडौंमा साँझ ५ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा कम्पनीको नाम संशोधन गरी नेपाल लाइफ क्यापिटल लिमिटेड राख्ने र सो को लागि कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीको नियमावलीको दफा २७ (२) संशोधन गरी सञ्चालकको संख्या ५ जनाबाट वृद्धि गरी ७ जना बनाउने, चुक्तापूँजीको १० प्रतिशत शेयर सर्वसाधारण्को लागि जारी गर्ने व्यवस्था गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।