उत्पादकत्व बढाउन सल्यानमा चक्लाबन्दी खेती

सल्यान : भूमिको बढ्दो खण्डीकरण र जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउन सल्यानमा चक्लाबन्दी खेतीलाई जोड दिइएको छ। खेतीयोग्य जमिन खण्डीकरण गरेर खेती गर्न कठिन र साँध सिमाना थपिँदै जाँदा खेतीयोग्य जमिन समेत घट्दै जान थालेपछि चक्लाबन्दी कार्यक्रम सुरु गरिएको हो।टुक्रा जमिनलाई एकीकृत गर्दै सामूहिक तरिकाबाट खेती प्रणाली अघि बढाउँदै थोरै लगानीमा धेरै उत्पादन लिने उद्देश्यले चक्लाबन्दी कार्यक्रम अघि बढाएको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजनाले जनाएको