बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण संस्थापक रहने गरी शुक्रबार कम्पनी दर्ता भएको हो । कम्पनीको अधिकृत पुँजी २० अर्ब रुपैयाँ छ, जसमध्ये कम्पनीका संस्थापकले तत्काल चुक्ता गर्न कबुल गरेको रकम १६ अर्ब रुपैयाँ छ भने आयोजना प्रभावित स्थानीयले २ अर्ब र अन्य सर्वसाधारणले बाँकी २ अर्ब रुपैयाँ बराबरको सेयर पाउनेछन् ।