भैरहवा। नेकपा एमाले महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन्। एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले सो कुरा बताएका हुन्।