२ जेठ, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाको वडा नम्बर ३ को अध्यक्षमा राप्रपाका सूर्यबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङ ७१४ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कर्म बल तामाङले ६०६ मत पाए । नेपाली कांग्रेसका सत्यमान लामाले १४३ र नेकपा एमालेका राजेन्द्र तिवारीले ७७ मत पाएका छन् […]