चर्चित हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक

चर्चित हास्य कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक परेको छ । उनकी आमा विमला घिमिरेको शुक्रबार बिहान साढे दुई बजे ग्रिनसिटी अस्पतालमा निधन भएको कलाकार कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।६८ बर्षकी विमलालाई ९ महिना अगाडि मस्तिस्कघातको कारण ग्रिनसिटी अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा केही अप्रेसन गरिएको थियो । अप्रेसनपछि विमला कोमामा पुगेकी थिइन् ।विमलाको आजै अन्त्येष्ठि गरिने परिवार श्रोतले जनाएको छ । विमलाको निधनप्रति बिभिन्न सेलिब्रेटीले सामाजिक सं

सम्बन्धित सामग्री

कलाकार अर्जुन घिमिरे 'पाँडे' लाई मातृशोक

काठमाडौं : चर्चित हास्य टेलिश्रृखंला 'सक्किगोनी'का लेखक, निर्देशक तथा कलाकार अर्जुन घिमिरे 'पाँडे'लाई मातृ शोक परेको छ।काठमाडौंको ग्रीन सिटी अस्पतालमा उपचारको क्रममा रहेकी उनको शुक्रबार विहान १ बजे निधन भएको हो।  मस्तिष्काघात कारण घिमिरेकी आमा बिमला घिमिरेको दश महिनादेखि अस्पतालमा उपचार भइरहेको थियो। आमाको निधनपछि घिमिरेलाई उनका सहकर्मी, विभिन्न कलाकारदेखि उनका शुभचिन्तकले दुःख व्यक्त गरेका छन्। घिमिरेका सहकर्मी कुमार कट्टेल 'जिग्री'ले आमाको निधनको खबर